कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार सोमबार कोरोनाको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो।

योसँगै कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ।

सोमबार मृत्यु हुनेमा ज्यान गुमाउने तीन जना महिला छन्। जसमध्ये महोत्तरीका चार वर्षीया बालिका समेत छिन्। अन्य दुई जना महिला गोरखा र रूपन्देहीका छन्।

त्यसैगरी झापा, रौटहट, चितवन र भक्तपुरमा एक-एक जना पुरूषले ज्यान गुमाएका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर