चट्याङ्ग सहित मनसुन वर्षाको सम्भावना

१७ भदौ,

वुधबार दिउँसो देशभर सामान्यतया बदली रही  धेरै स्थानहरूमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सांकेतिक तस्विर पूर्वी र मध्य भू–भागमा  नेपाल नजिक रहेको  मनसुनको न्युन चापीय रेखा  पश्चिम सर्ने क्रममा छ। हाल गण्डकी प्रदेश तथा  प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका  एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै  स्थानहरुमा  र बागमती  प्रदेशका भारी वर्षाको सम्भावना रहेको छ । 

बिहिबार पनि देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक–दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर