भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण
काठमाडौं, २१ भदौ ।
भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो । भारतमा केही दिनयता दैनिक ८० हजारभन्दा धेरै जना संक्रमित थपिँदै आएका छन् ।
भारतमा कोरोना संक्रमणबाट एक हजार ६५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७० हजार ६२६ पुगेको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरणअनुसार कोरोना संक्रमणबाट प्रभावित अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ ।