मुख धुने क्रममा नालाको पानीमा चिप्लिएर एक महिलाको मृत्यु

तुलसीपुर, २१ भदौ ।

दाङमा नालाको पानीले मुख धुने क्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । मुख धुने क्रममा चिप्लिदा नालामा जम्मा भएको पानीमा डुबेर तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ ग्वारखोला, खैरेनी चोक निवासी ६० बर्षीया लिला खड्काको मृत्यु भएको प्रहरीले बताएको छ ।

शनिबार दिउसो सवा १ बजेतिर घरदेखि दुईसय मिटर दक्षिणतर्फ घोराही–तुलसीपुर सडक खण्डको छेउको नालाको खाल्डोमा जम्मा भएको पानीमा डुबेर घाईते अबस्थामा भेटिएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउने क्रममा मृत्यु भएको प्रदेश नं. ५ प्रहरी कार्यालय दाङले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर