कपिलवस्तुमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु

दाङ, २३ भदौ ।

कपिलवस्तुमा मृत्यु भएका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।

कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला पनि समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पुयाइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर