कोरना कहरले सिर्जना भएको ‘होम’ रोजगारी

तर्थराज ज्ञवाली

देउखुरी, २३ भदौ ।

कोरना कहरकाबीच नागरिकले अनेक जुक्ति र सोँचका साथ अघि बढेका छन् ।कोरोना संक्रमणको डरले सबै जसो घरमै बसिरहदा अव के गर्ने भन्ने सोचका साथ राप्ती गाउँपालिकामा धेरैले नयाँ कामको सुरुवात गरेका छन् । घरमै रहेर रोजगार खोज्ने क्रम वढेसंगै कृषि ब्यवसायमा चासो बढेको पाईएको छ ।

आफ्नै जग्गाको सदुपयोग गर्दै होस् वा भाडामा लिएर तरकारी खेतिको सुरुवात, पशु पंक्षि मंत्स्य, माहुरी पालन, फलफुल खेति तथा ब्यापार तथा उद्योग सुरु गरेको पाईएको छ । कोरोना संक्रमणको कारणले धेरै जना विदेशबाट घर फर्किएर स्वदेशमै केहि गरौ भन्ने अभिप्रायले विभिन्न पेश सुरु गरेको पाईएको छ ।

छोट्की सिसहनियाका खेमराज खड्काले भारतको दिल्लीबाट आएर कुखुरा पालन गर्दै आएका छन् । अनिल चौधरीले कतारबाट आएर घर निर्माण सम्वन्धि परामर्श तथा निर्माण एजेन्सी खोलेर घर निर्माण कार्य थालेका छन् । सुर्य नारायण चौधरीले बाख्रा पालन सुरु गरेका छन् । तुला गिरीले मसुरीयामा हार्डबेयर पसल सुरु गरेका छन् । यी त उदाहरण मात्रै हुन विगतमा ब्यापार र उद्योग सञ्चालन गर्दै आएकाहरुले समेत नयाँ काम सोचिरहेको अवस्थामा पनि विदेश वाट घर फर्किएकाहरुले तरकारी खेतिको सुरुवात, पशु पंक्षि मंत्स्य, माहुरी पालन पालन तथा ब्यापार तथा उद्योग सुरु गरेको पाईएको छ ।

विगतमा भूमिगत राजनीति गरि शान्ति स्थापना पश्चात ओमन जानु भएका राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियाका तुला गिरिले मसुरीया बागढड्डीमा हार्डवेयर्स पसल सुरु गरेका छन् । विदेशमा ११ बर्ष वैदेशिक रोजगारमा रहेका गिरी कोरना संकटका कारण अव स्वदेशमै रहेर काम गर्नका लागि घर परिवारको सहयोग र समुहबाट रकमको जोहो गरि पसल सुरु गरेका छन् ।

विदेशमा बस्दा समाजको सेवा गर्न नपाएका गिरीले अव आफ्नो ब्यवसाय मार्फत निर्माण सम्बन्धी सम्पुर्ण सामानहरु सुपथ मुल्यमा दिई स्थानियको सेवामा लाग्ने बताउनु हुन्छ ।

कोभिड लक्षित कार्यक्रम

राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका १ सय ३० जनालाई विभिन्न ब्यवसाय सञ्चालन, ब्यवस्थापन तथा प्रोत्साहन वापत अनुदान सहयोग गरेको छ । नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारीसमा कोभिड बाट प्रभावित बैदेशीक रोजगारी गुमाएका वा यस क्षेत्रमा रहेर कृषि ब्यवसाय, बाख्रा पालन, कुखुरा पालन तथा फलफुल खेति गरेका प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएको प्राविधिक सहायक बरसाति गडरीयाले जानकारी दिए ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारको पहलमा घर आएका परदेसीलाई राजगारीको अनुभुति गराउने उदेश्यका साथ १ सय तिस जनालाई अनुदान उपलब्भ गरिएकोे हो । प्रति कृषक २० हजारका दरले अनुदान प्राप्त गरेपछि थप उत्साहका साथ धेरैले ब्यवसाय बृद्धिमा सोत लागेको प्राविधिक सहायक सिमा भट्टले जानकारी दिनु भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर