शान्तिनगरमा राहतका लागि दिएको चामल गोदाममै कुहियो

तुलसीपुर, २७ भदौ ।

विभिन्न संघसंस्थाले दाङको शान्तिनगर गाउँपालिकालाई दिएको राहतको चामल गोदाममै कुहिएको छ । गाउँपालिकाको गोदाममा राखिएको २५ किलोका करिब ४२ बोरा चामल मध्य अधिकांस बोरामा रहेको चामलमा ढुसि लागेका छ भने ८ बोरा चामल पूर्ण रुपमा कुहिएको छ ।
कुहिएको १५ किलो दाल भने गौशालामा लगेर बस्तुभाउलाई खुवाइएको छ । अहिले पनि करिब ६ सय किलो आयोडिन नुन गोदाममा थन्किएको छ ।
लकडाउनको समयमा विपन्न वर्ग तथा कामगरिखाने मजदुर भोकै मर्ननपरोस भन्ने उद्देश्यले विभिन्न संघसंथाले झण्डै ५२ कूईन्टल चामल सहित दाल, नुन, तेल गाउँपालिकालाई दिएको स्टोर शाखा प्रमुख नन्दराम केसीले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर