दाङमा दुइसातासम्म गरिएको लकडाउन खुल्यो

तुलसीपुर, २९ भदौ ।

दाङमा दुइसातासम्म गरिएको लकडाउन खुलेको छ । समुदायस्तरमा कोरोना देखिएपछि गरिएको लकडाउन सोमबारदेखि खुल्ने भएको हो । कोभिड–१९ संकट व्यबस्थापन केन्द्र दाङको आईतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । भदौ १४ गतेदेखि सुरु भएको लकडाउन दुइहप्ता चलेको थियो । सोमबारदेखि भने अर्को निर्णय नहुँदासम्मकालागि बेलुका ७ बजेसम्म सबै व्यापार व्यबसाय सञ्चालन हुने, उद्योग, कलकारखाना र विकास निर्माण सम्बन्धी कार्य गर्दा कामदारहरु कार्यस्थल भन्दा बाहिर जान नपाईने, जिल्ला भित्र सञ्चाल हुने सबै किसिमका सवारी साधनहरु जोर÷विजोर प्रणलीमा बेलुका ७ बजेसम्म सञ्चालन गर्ने, सबै सरकारी कार्यालयहरु र बैंक तथा वित्तिय संस्थाहरु सीमित कर्मचारीको व्यबस्था अनुसार सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यस्तै हरेक दिन बेलुका ७ बजेपछि भोलिपल्ट विहान ६ बजेसम्म अत्याबश्यक बाहेकका अन्य कार्य गर्न नपाईने, अनुमति लिएका बाहेक सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुबहाक सवारी साधन सञ्चालन गर्न नपाईने, गोष्ठी, सभा, सम्मेलन, जुलुस, भेला, महोत्सव, जात्रा, मानिसहरु भेला हुन नपाईने, नित्य पुजा बाहेकका धार्मिक सांस्कृतिक गतिबिधिहरु गर्न नपाईने निर्णय भएको छ । दाङमा भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म पूर्ण लकडाउन गरिएको थियो । साथै २१ गते गते राति १२ बजेपछि भदौ २८ गते रातिसम्म विहान ६ बजेदेखि दिउसो १२ बजेसम्म लकडाउन गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर