गोल्टाकुरी स्वास्थ्य चौकीबाट सेवा लिने बढे
दिप्तीशिखा चौधरी,
दंगीशरण भदौँ ३० ।
दंगीशरण गाउँपालीकाको वडा न. २ गोलटाकुरीमा रहेको गोलटाकुरी स्वास्थ्य चौकिमा स्वास्थ्य चेकजाचँ गराउँन आउँने नयाँ सेवाग्राहिहरुको संख्या बृद्धि भएको छ । गत साल २०७५÷०७६ मा आर्थीक बर्ष २०७६÷७७ मा २२.८९ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष स्वास्थ्य संस्थामा चेकजाचँ गराउने नँया बिरामीको संख्या तीन हजार २ सय ९७ रहेको थियो भने यस बर्ष बढेर ४ हजार ५२ जना रहेको स्वास्थ्य चौकिका प्रमुख राजेन्द्र कुमार हमालले जानकारी दिए ।
यस्तै २०७४÷०७५ मा ४ हजार ६ सय ५२ जना रहेको थिए । सेवाग्राहिहरुको संख्यामा अझ बृद्धि हन सक्ने भन्दै कोभिडका कारण स्वास्थ्य सस्ंथामा बिरामी चेकजाचँ गर्न आउँने सेवाग्राहिहरुको संख्यामा यस आर्थीक बर्षमा यो संख्या कम भएको गोलटाकुरी स्वास्थ्य संस्थाले जनाएको छ । यस्तै स्वास्थ्य संस्थामा सेवा लिन आउँने नँया जेष्ठ नागरीकहरुको संख्या गत बर्ष ५ सय ४६ जना रहेका थिए भने आर्थीक बर्षमा ६ सय ३७ जना रहेका छन् ।
गाउँघर किल्नीकबाट प्रतिमहिना सेवा दिएको संख्या गत बर्ष भन्दा यस बर्ष घटेको छ । गत बर्ष ५ सय जनाले सेवा लिएका थिए भने यस आर्थीक बर्षमा २ सय २३ जना सेवा लिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै खोप किल्निकहरुबाट प्रति क्लिनिक सेवा दिएको औषत संख्या गत बर्ष ४ सय ६९ जना थिए भने यस बर्ष घटेर २ सय ६५ जना रहेका छन् । महिला स्वास्थ्य स्वयमसेविकाबाट प्रति महिना सेवा दिएको औषत संख्या गत बर्ष ८ सय ५५ थियो भने यस आर्थीक बर्षमा घटेर ३ सय ७० जना रहेका छन् ।
स्वास्थ्य सस्ंथामा चेकजाचँ गराएका बालबालीकाहरु मध्ये ५ बर्ष मूनीका झाडापखाला लागेको विरामीको संख्या गत बर्ष १ सय ८६ जना थियो भने यस बर्ष १ सय ८० रहेको छ । यस्तै कडा जलविनीयोजन भएको बालबालिकाहरुको संख्या ० रहेको छ भने झाडापखाला लागेका बिरामी मध्ये जिन चक्की र पूनर्जलीय झोलबाट उपचार गरेको संख्या गत बर्ष १ सय ८६ जना थियो भने २०७६÷७७ मा १ सय ८० रहेको तथ्यांकमा उल्लेख छ । यस्तै ५ बर्ष मूनीका बालबालिकाहरुमा स्वास प्रश्वास समस्या भएको बिरामीको संख्या गत बर्ष १ सय ९७ जना थियो भने यस आर्थीक बर्ष २०७६÷७७ मा बढेर २ सय ६९ जना रहेका छन् । निमोनिया र कडा निमोनीया भएका ५ बर्ष मूनीका बालबालिकाहरुको संख्या गत बर्ष २६ जना थिए भने भने यस आर्थीक बर्षमा २० जना रहेका छन् ।
यस्तै सुरक्षीत मातृत्व कार्यक्रम अनुशार स्वास्थ्य संस्थामा आएर कुनै पनि समयमा गर्भजाचँ गर्ने महिलाहरुको संख्या २०७५÷७६ मा ७७ जना थियो भने २०७६÷७७ मा बढेर ९१ जना रहेका छन् । प्रोटोकल अनुशार चौथो महिनामा पहिलो पटक गर्भजाचँ गर्ने गर्भवती महिलाहरुको संख्या क्रमशः८८ र ८२ जना रहेका छन् । ४ पटक गर्भजाचँ गर्ने गर्भवती महिलाहरुको संख्या ७६, ६५ जना, गर्भवती अवस्थामा १ सय ८० वटा आईरन खानेको संख्या ७६ र ६५ जना, स्वास्थ्य संस्थामा सुत्केरी हुने जम्मा महिलाहरुको संख्या २६ र १६ जना, घरमा जन्मीएका नवजात शिशुको संख्या क्रमशः २६ र १६ जना, भिटामिन ए क्याप्सुल खाने सुत्केरी महिलाहरुको संख्या क्रमशः २७ र १७ जना , सस्ंथागत सुत्केरी भउका मध्ये आमा सुरक्षा कार्यक्रमबाट यातायात शुरक्षा कार्यक्रम बाट यातायात सुविधा पाउने महिलाहरुको संख्या क्रमशः २६ र १६ जना, आमा सुरक्षा कार्यक्रम बाट गर्भजाचँ उत्प्रेरणा सुविधा पाउने महिलाहरुको संख्या क्रमशः २० र १६ जना रहेका छन् ।
स्वास्थ्य संस्थामा पिल्स प्रयोगकर्ताहरु बढेको पाईएको छ । अघिल्लो बर्ष ४ स य२० जना थिए भने आर्थीक बर्षमा ५ सय ५५ जना रहेको पाईएको छ । यस्तै डिपोका प्रयोगकर्ताहरु भने घटेका छन् । अघिल्लो बर्ष १ हजार ५ सय ३८ जना रहेका थिए भने आर्थीक बर्षमा १ हजार १ सय १९ जना रहेको स्वास्थ्य संस्थाले जनाएको छ । यस्तै ईम्पलान्टका प्रयोगकर्ता गत बर्ष १ हजार २ सय ५ जना आर्थीक बर्ष २०७६÷७७ मा १ हजार २ सय ८३ जना रहेका छन् ।
स्वास्थ्य संस्थामा क्षयरोगका नयाँ बिरामी संख्या गत बर्ष भन्दा यस आर्थीक बर्षमा बढेका छन् गत बर्ष ४ जना थिए भने यस आर्थीक बर्षमा ७ जना रहेका छन् भने गत बर्ष ८ जनाको उपचार सफल भएको थियो भने यस आर्थीक बर्षमा ४ जनाको उपचार सफल भएको थियो । यस्तै आर्थीक बर्ष १ जना नयाँ कुष्ठरोगी भेटिएका थिए । कुष्ठरोगीका जम्मा बिरामी संख्या गत बर्ष ५ जना थिए भने यस आर्थीक बर्षमा ० रहेको स्वास्थ्य संस्थाले जनाएको छ । एच आईभि परिक्षण गरिएका गर्भवती महिलाहरुको संख्या गत बर्ष १९ जना थियो भने यस आर्थीक बर्षमा ८ जना रहेका छन् ।
स्वास्थ्य संस्थाको तथ्यांक अनुशार ओपिडीमा आएका जम्मा विरामी संख्या क्रमश ः २ हजार २ सय ८८ जना र ३ हजार ३ सय ३५ जना रहेका छन् । यस्तै ओपिडिमा नयँ बिरामीको संख्या क्रमशः२ हजार ७० जना र २ हजार ६ सय २२ जना रहेका छन् ।
स्वास्थ्य सस्ंथाको भौतिक अवस्थामा सुधार
स्वास्थ्य संस्था गोलटाकुरी १० कट्ठा क्षेत्रफलमा रहेको आफनै नयाँ भवन बाट सेवा दिएको छ । केहि बर्ष जिर्ण अवस्थामा रहेको स्वास्थ्य भवन बाट सेवा दिने गरेको गोलटाकुरी स्वास्थ्य चौकि गत बर्ष देखि आफनै नयाँ भवन बाट सेवा दिइरहेको छ । नदिपारीका नागरीकहरु बर्षौ देखि स्वास्थ्य समस्या भएमा हेकुलीमा रहेको ईलाका स्वास्थ्य चौकि बाट सेवा लिदै आइरहेका थिए अहिले भने आफनै ठाउँमा स्वास्थ्य सेवा पाएपछि त्यहाका नागरीहरुलाई सहज भएको छ । अहिले स्वास्थ्य संस्थामा मापदण्ड अनुशारको प्रसुति भवन केन्द्र, प्रसुती केन्द्रमा प्लासेन्टापिटको ब्यवस्था, नंर्सीङ्ग स्टाफका लागि आवासको ब्यवस्था, महिला पुरुष छुट्टाछुट्टै शौचालयको ब्यवस्था, अपाँगमैत्री शौचालय, शुद्ध खानेपानीको ब्यवस्था, २४ घण्टा एम्वुलेन्सको ब्यवस्था, ५ वटै अस्थाई परिवार योजना सेवा, माईक्रोस्कोपिक सेन्टर, न्युवर्न करनर सेवा, अत्यावश्यक औषधिको सूचि उपलब्धता रहेको स्वास्थ्य संस्थाले जनाएको छ । स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्ट, अनमी, अहेव लगाएत गरि ६ जना दरवन्दिकार ५ जना करारमा कर्मचारी रहेका छन् । यसैबिच नागरीहरुलाई थप सहजताका लागि कौवाघारी, सरुवाडाँडा, बाकिँ बेटारपुर, फुर्केसल्लीमा गाउँघर क्लिनिक र खोप किल्निकको ब्यवस्था गरिएको छ । यस्तै वडा न. १ रामपुरमा गत बर्ष आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर नागरीकहरुलाई सेवा दिईरहेको छ ।