चितवनमा सुतेको बेला ३ जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

३ असोज, चितवन ।

पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो ।

बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पको डसाइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार जारी छ । यस्तै ५६ वर्षकी केशरी वि.क.को अवस्था पनि गम्भिर छ । उनको चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर