दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

तुलसीपुर, ३ असोज ।

दाङमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट शान्तिनगर गाउँपालिका वडा नं. ४ गवदवा निवासी ५० बर्षीय आइते रोकाको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शनिबार अपरान्त ४ बजेतिर तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प १०९४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाईते भएको उनको मृत्यु भएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर