रैपर तथा मोडेल बिकास चौधरीको किन हो गीत सार्वजनिक (भिडियो सहित)

हेरेर प्रतिक्रिया र माया गरिदिन हुन सम्पूर्ण टिमको आग्रह,

हेमन्त चौधरी,

असोज ८ कैलाली ।

अहिले विश्वभर कोरोना भाइरसको त्रास छ र पछिल्लो समय कुनै पनि क्षेत्रमा हुनुपर्ने काम भईरहेको छैन । यस बाट पर्यटकिय, गीत- संगीत, कला लगायतका क्षेत्र समेत प्रभावित भएका छन । तर पनि जोखिमपुर्ण प्रस्तिथीमा केही क्षेत्रमा सकि न सकि कार्यहरु भईरहेका छन्। त्यसै क्रममा रैपर बिकास चौधरीको म्युजिक भिडियो सार्बजनिक भएको छ । किन हो ! रहेको यस गीतमा गायक बिकास चौधरीकाे स्वर रहेकाे छ। किन हो ! दु:खलाई भिडियाेकाे कथामा सजिव तरिकाले देखाउन खाेजिएकाे छ।octave स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द समेत बिकास चौधरीकै रहेको छ । अभिनेता EB(Emoholic bikas), देव राज र यस रैपर गीतको उत्पादक रेस्पो बिटस रहेको छ । किन हो sad song रैपर गीतमा योगेन्द्र चौधरीले सम्पादन गरेका हुन । नेपलकाे पर्टकीय क्षेत्र कैलाली जिल्लाको भलका (picinic spot) गाउँमा छायाँङ्कन गरिएको यस भिडियो कस्तो बनेको छ, भन्ने कुरामा सम्पुर्ण टीमले हेरेर प्रतिक्रिया र माया गरिदिन हुन आग्रह गरेका छन्।रैपर तथा किन हो गीतको मोडेल बिकास चौधरीले आफूलाई कैलाली जिल्लाको धनगढीका एउटा सानो परिवारबाट रहेको बताएका छन ।

https://youtu.be/9eiGusAUQlA

परिवार सानो भएका कारण आफुलाइ चाहिने जति समर्थन गर्न सकेको भए पनि उनका साथीहरुले निकै सहयोग गरेको समेत बताएका छन । यो गीत बनाउन देखि सार्वजनिक गर्न सम्म बिशेश गरि camera man तथा सम्पादक योगेन्द्र चौधरीले निकै सहयोग र समर्थन गरेको मोडेल चौधरीको भनाइ छ । मोडेल चौधरीले nile khabar लाईभाबुक हुँदै भ ने,”गीत सार्वजनिक भयो भनेर एक प्रकारले म खुसी पनि छु र दुखी पनि छ” उनले बताएका छन । गीत सार्वजनिक भयो भनेर उनी एक दम खुसी भएका छन भने आफूलाई गीत संगीतमा रुचि भएता पनि आत्मबल बढाउनको लागी परिवारले आफू लाई समर्थन न गरेको भन्दै निरास भएका छन । गीत संगीतमा रुचि भएको हुँदा उनले आफूलाई खाजा खानाको लागी मिलेको पैसा बचाएर पनि यो भिडियो बनाउनका लागी प्रयोग गर्दै आएको बताएका छन । तर एक दिन पक्कै पनि परिवारको साथ र समर्थन मिल्ने आशमा उनी निरन्तर आफ्नो प्रयास जारी राखेका छन । यस अगाडि पनि उनले आफ्नै स्वरमा mom dad भन्ने भिडियो बनाएका थिए।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर