बाँके र पर्सामा कोरोनाबाट २ जनाको मृत्यु

असोज ९ दाङ ।
कोरोना संक्रमणबाट बाँके र पर्सामा १÷१ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ५२ बर्षिया पुरुषको शुक्रबार बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारत ७७ बर्षिय पुरुषको गएराती मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहनगरपालिका वडा नं. ३ उक्लैनी निवासी ५२ बर्षिय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुुसार ६ गते नै उनमा कोरोना पुष्टि भएको थियो ।
एनको दुबैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या थियो । रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दागर्दै ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए यसैबिच पर्साको वीरगञ्जमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साका पोखरिया नगरपालिका वडा नं. १ का ७७ बर्षिय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति ८ बजे मृत्यु भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर