बैंकका कर्मचारीसहित तुलसीपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि
तुलसीपुर, ९ असोज ।
दाङको तुलसीपुरमा शुक्रबार १४ कोरोना संक्रमित थपिएका छन् । तुलसीपुर उमपहानगरपालिकाका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार ति मध्ये केही बैंकका कर्मचारी रहेका छन् । पहिलेका कोरोना संक्रमितसंग सम्पर्कमा आएका व्यक्तिहरुलाई नै आज कोरोना संक्रमण देखिएको उनको भनाई छ । जसमा १३ पुरुष र एक महिला रहेका छन् ।
उनका अनुसार तुलसीपुर ५ का पाँच जना, तुलसीपुर ४ र १९ का एक÷एक जना, तुलसीपुर ८ र ९ का २÷२ जना, तुलसीपुर १२ का ३ जना रहेका छन् । यो संगै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या ५५ पुगेको छ । जम्मा संक्रममित दुईसय २२ मध्ये एकसय ६७ जना कोरोना मुक्त भएका छन् ।