दाङको तुलसीपुरबाट १३ जुवाडे पक्राउ

तुलसीपुर,१० असोज ।

दाङको तुलसीपुरबाट १३ जुवाडेलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबार साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भुह्याँरथान बस्ने कुमार सुनारको कोठामा अवैध रुपमा जुवा खेलिरहेको अबस्थामा ९८ हजार ९ सय ५० रुपैँया नगद सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर ६ बस्ने २८ बर्षीय रोसन बुढाथोकी, ४३ बर्षीय भरत बिक, २८ बर्षीय हेमन्त शाही, २८ बर्षीय सुशिल वली, ४२ बर्षीय कुमार सुनार, ३३ बर्षीय ओम बहादुर बुढामगर रहेका छन् । त्यस्तै तुलसीपुर ७ निवासी ३६ बर्षीय प्रेम बहादुर सुनार, तुलसीपुर ८ निवासी ३९ बर्षीय टंक बहादुर सुनार, घोराही १३ निवासी ३३ बर्षीय माल बहादुर वली, तुलसीपुर १० निवासी २८ बर्षीये केशव डांगी, तुलसीपुर, ११ निवासी २६ बर्षीय अर्जुन पुन र बाँके कोहलपुर नगरपालिका १० निवासी ६० को घर्मराज बुढाथोकी , कोहलपुर ८ निवासी ४० बर्षीय दीपक वलीलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट रातो तथा कालो रंगका तास ५ गड्डी र खोलेको रातो तथा कालो रंगको तास ३ गड्डी फेला पारी बरामद गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर