नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि,

१४ असोज, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । उनीहरुमध्ये ४९८ जनाको मृत्यु भएको छ भने ५६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०५७ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २० हजार ८९१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ८०४ होम र १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् ।