अंतरराष्ट्रीय वॉलीबाल खिलाड़ी रिया श्रीवास्तव ले गरिन आफ्नो आमा, बुवा ,र गुरुहरुको नाम रोशन…. राहुल मोदनवाल

कपिलवस्तु,कृष्णनगर ।
मित्र राष्ट्र भारत को जिल्ला सिद्धार्थनगर बढ़नी क्षेत्रमा बस्दै आएका रिया श्रीवास्तव को जन्म 26/12/2004 मा भएको थियो उनी एउटो मध्यम परिवार देखी हुनुहुन्छ। उहा को वॉलीबाल कैरियर हेर्ने हो भने उहाले सन 2013 दिसम्बर देखी आफ्नो वॉलीबाल कैरियर सुरु गरेका थिन र 2014 मा वीरबहादुर स्पोर्ट्स कॉलेज गोरखपुर मा वॉलीबाल सीखना को लगी भरना भईन यसरी सिखे पछि रिया श्रीवास्तव ले थुपरै राज्यस्तरीय, जिला राज्यस्तरीय,अंतरराष्ट्रीय लेबल का टूर्नामेंट मा भाग लिन र तमाम मैडलहरु पनि पुरुस्कृत भईन। रियाको घरको आमा प्रतिभा श्रीवास्तव बुवा स्व: अनिल कुमार श्रीवास्तव र यूपी वालीबाल संघ को कोषाध्यक्ष मोहम्मद बाबा इब्राहिम,ले रिया को प्रतिभा लाई निखारनमा ठुलो भूमिका निर्वाह गरेका हुन। रिया 2013 देखी संघर्ष गर्दै आएका हुन उहा ले भनिन की म आउने भविष्यमा पनि यस्तै मेहनत र लगन को साथ आगाडी बढ्छु र आफ्नो आमा ,बुवा, गुरुहरु,र क्षेत्रको नाम रोशन गर्छु। अंतरराष्ट्रीय वॉलीबाल खिलाड़ी रिया श्रीवास्तव ले 2018 थाइलैंड मा आयोजित एशिया ईस्ट वॉलीबाल चैंपियन शिपमा भारत को अंडर 17 टीममा शामिल भएर सिल्वर मेडल जितेका थिन। यो उपलब्धि उहा को सब भन्दा ठुलो उपलब्धिमा एक हो यो सिल्वर मेडल जीते पछी रिया को चौतरफी चर्चा भएको थियो र उहा लाई थुपरै महानुभावहरु ले बधाई दिएका थिए रिया आफ्नो प्रतिभा को कारण ले आज देश विदेश का मानिसहरु चिनेका छन। रिया को मेहनत,लगन र प्रतिभा ले समाजमा एउटा सकरात्मक संदेश पनि दिएका हुन समाजमा बस्ने महिला,दिदी बहिनिहरु खेलमा यस्तै आगाडी आउनु पर्छ र आफ्नो गाउँ,समाज र देश को नाम रोशन गर्नुपर्छ भन्ने संदेश दिएका हुन। राहुल मोदनवाल ले उहा संग संवाद गर्दा रिया ले भनिन मेरो प्रतिमा लाई समाजमा लाउन मीडिया को अहम भूमिका रहेको छ मेरो प्रतिभा लाई समाजमा लाउनु भएको सम्पूर्ण मीडिया साथीहरु लाई धन्यवाद दिदै छु।