साईकलबाट लडेर गम्भीर घाइते भएका एक वालकको मृत्यु

तुलसीपुर,१८ कात्तिक

दाङमा साईकलबाट लडेर एक वालकको मृत्यु भएको छ । कात्तिक ९ गते साईकलबाट लडेर गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका वडानं। १९ हाडिमेका १२ बर्षीय दिपलभ चौधरीको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

न्यूस्टर स्कुल विजौरीमा कक्षा ५ मा अध्ययनरत ति वालकको गाउँमै साईकल चलाउँदै गर्दा खोल्सामा खसेर गम्भीर घाईते भएको प्रिन्सिपल सरण जीएमले जानकारी दिए ।

हात भाच्चिनुकासाथ शरिरका अन्य भागमा गम्भीर चोट लागेका उनको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर