कास्कीको पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
१० मंसिर, काठमाडौं ।
कास्कीको पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान ४ः४० बजे मृत्यु भएको हो ।
उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।