ब्रेन क्यान्सर पीडितलाई सहयोग
तुलसीपुर, ११ मंसिर ।
तुलसीपुर १२ हरीपौराका ब्रेन क्यान्सर पीडित गोबर्धन ओलीको उपचारका लागि सहयोग उठ्ने क्रम जारी छ । मलेसियाबाट प्राप्त सहयोगलाई शुक्रबार सहयोग गरिएको छ । तुलसीपुर अनलाईन र तुलसीपत्र राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएपछि मलेसियामा रहेका नेपालीहरुले गरेको २१ हजार पाँचसय रुपैँया आज हस्तान्तरण गरिएको हो । उक्त रकमलाई संस्थाका प्रबन्धक हेमराज डाँगी, कर्मचारी शोभा डाँगीले हस्तान्तरण गरेका हुन् ।
मलेसियाको सुनगाईब्लो कम्पनीमा कार्यरत काजी थालिङ राई र राम चौधरीको पहलमा एकसय १४ जना नेपालीहरुले सहयोग संकलन गरेका हुन् ।
गतबर्ष साउनमा कतार गएका तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरा निवासी गोवर्धन वली गएको केही समयभित्रै कम्पनीमा काम गर्दागर्दै एकाएक बेहोस भए । साथीभाईको सहयोगमा अस्पताल पु¥याइएका ओलीलाई ब्रेनट्युमर भएको चिकित्सकले बताए ।
तत्कालै उनको अप्रेसन पनि गरियो । अप्रेसन खर्च कम्पनीले व्यहोरेता पनि उनलाई काम गर्न नदिएर कम्पनीले तत्काल नेपाल फिर्ता पठायो । नेपाल आइसकेपछि पुनः चेकअप गर्दा आफूलाई क्यान्सर भएको ओलीले थाहा पाए ।
बे्रनट्युमरसँगै पछिल्लो समय क्याम्सर समेत देखिएपछि गोवर्धन मात्र हैन उनको परिवारमा चारैतर्फबाट बज्रपात परेको छ । यसअघि लगातार बिरामी परेपछि १३ वर्षकी जेठी छोरी गरिमाको अप्रेसन गरेर पित्तथैली र पाचन नली फालिएको छ । यस्तै १० बर्षकी कान्छी छोरी दक्षिणा वलीको टाउकोमा जुकाले फुल पारेको छ तर आर्थिक अभावकै कारण छोरीहरूको उपचार हुन सकिरहेको छैन । त्यसैगरी ७० वर्षीय आमा जयसरी ओलीको दुबै मृगौला फेल भएको छ । छोरीहरु, आमा र आफ्नो उपचारमा सबै सम्पत्ती सकापछि अहिले ओलीको बस्ने घरबास बाहेक अरु केही पनि छैन । उनलाई तीन–तीनमहिनामा अस्पताल थेरापीगर्न जानुपर्ने हुन्छ ।
एकपटक थेरापी गरेको एक लाख भन्दा बढी लाग्छ र त्यसमाथि थुप्रै औषधीहरू किन्नपर्ने भएपछि उनी संकटमा परेका छन् ।
आमा जयसराले आफ्नो छोरालाई बचाइदिन उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना समेत गरेकी छन् । सहयोग गर्न चाहनेले ओलीको मोबाइल नम्बर ९८६६९००३३६ मा सिधै सम्पर्क गरेर अथवा एनआइसी एसिया बैंकको खाता नम्बर 0655750912504001 अथवा तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरास्थित घरमा पुगेरपनि सहयोग गर्न अनुरोध गरेकी छिन् ।