आज सुनको मुल्य तोलामा छ सयले घट्यो

मंसीर १४ दाङ ।
नेपाली बजारमा आज पनि सुनको मूल्य छ सयले घटेको छ। आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको प्रतितोला ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। आज चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।