हेलिकप्टर चरासँग ठोक्किदा: नुवाकोटमा आकस्मिक अवतरण

मंसिर १४, दाङ ।
नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ ।
बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।
हेलिकप्टरमा ६ जना सवार रहेकामा 1 जना सामान्य घाइते भएको जानकारी आएको लामाले बताए । वडाअध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको लामाको भनाइ छ।
हेलिकप्टरमा पाइलटसहित बेलकोट नगरपालिका- ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार रहेको खुलेको छ ।
चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ ।