नेपाल स्टारको ‘टपटेन’मा दाङकी चेली

केएल पीडित

दाङ, १४ मंसिर ।

नेपाल टेलिभिजनले संचालन गरेको गायन प्रतियोगिता नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा लम्साल छनौट भएकी छिन् । उत्कृष्ट १० को लागि १५ जनाले प्रतिष्पर्धा गरेका थिए ।

नेपाल स्टारको उत्कृष्ट १० मा परेपछि उत्साहित भएकी प्रेक्षाले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । ‘मलाई टप १० मा पार्न भोट गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुलाई धेरै धेरै धन्यवाद छ र आगामी प्रतिष्पर्धामा पनि यसरी नै भोट गरिदिन अनुरोध छ’ उनले भनिन् ।

करिब १६ हजार प्रतिस्पर्धीहरुलाई उछिनेर प्रेक्षा उत्कृष्ट १० मा परेकी हुन् । आगामी शनिबारको श्रृङखलादेखि उनले उत्कृष्ट ९ को लागि प्रतिष्पर्धा गर्नेछिन् । अबको सबै श्रृङखलाको निर्णय भोटको आधारमा हुनेछ ।

दाङको घोराही १२ हापुरकी प्रेक्षा सामाजिक कार्य र अंग्रेजी विषयमा स्नातकको अन्तिम वर्षको पढाइमा छिन् । बाल्यकालदेखि नै कला, साहित्य र संगीतमा प्रेक्षाको विशेष रुचि थियो । हुने विरुवाको चिल्लो पात भनेझैं उनले बाल्यकालमै आफूलाई प्रतिभाशाली साबित गरिन् । कक्षा ४ मा पढ्दा उनले ठूलो पर्दाको चलचित्र ज्यानको बाजीको लागि गीत रेकर्ड गराएकी थिइन् । अहिलेसम्म उनले ८ गीत रेकर्ड गरेकी छिन् ।

छन्द कविता लेखन र वाचनमा प्रेक्षाले राष्ट्रियस्तरमा थुप्रै पुरस्कार जितेकी छिन् । काठमाडौंमा १० वर्षदेखि संगीत प्रशिक्षण लिइरहेकी उनी आफू पनि नागार्जुन भ्याली एकेडेमीमा संगीत सिकाउँछिन् । उनी सानै छँदा बुवा चेतनाथ लम्सालले अर्की श्रीमती विहे गरेपछि उनलाई आमा मिरा लम्सालले एक्लै हुर्काएकी हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर