थप ३ कोरोना संक्रमितको मृत्यु
काठमाडौ, १५ मंसीर ।
थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा १ ÷१ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।झापाको दमक नगरपालिका ३ निवासी ८२ वर्षीय महिलाको मंगलबार बिहान ७ : ५० बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई मंसिर ७ गते कोरोना पुष्टि भएको थियो ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ की ५० वर्षीया महिलाको सोमबार राति १० बजे उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा मृत्यु भएको छ ।
उनी सोमबार नै अस्पताल भर्ना भएकी थिइन् ।यस्तै, गोरखाको गोरखा नगरपालिका ६ की ७५ वर्षीया महिलाको मंसिर १२ गते शुक्रबार राति मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ ।