सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो

मंसिर २३ दाङ ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाई ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकै पटक मंगलबार सार्वजनिक गरेको हो । सगरमाथाको उचाई ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले घोषणा गरे ।


यसअघिको उचाई ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइको बारेमा विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबिच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो, सरगमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्धाटन हुने सहमति २०१९ अक्टोबरमा भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर