कम्युनिष्ट पार्टी दाङका संस्थापक गौतमको निधन

दाङ, २४ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेना निवासी गौतमको ९३ वर्षको उमेरमा आज विहान करीव ३ बजेतिर निधन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्यसमेत रहेका थिए । गौतमको आज बिहान ११ बजे घोराही रझेनास्थित शंखे पिपल घाटमा अन्तिम संस्कार गरिने भएको छ ।
यसैबीच गौतमको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिब जगप्रसाद शर्मा‘अपार’ले दुःख ब्यक्त गरेका छन् । २००९ सालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा गौतमको योग्दान महत्वपूर्ण रहेको भन्दै उनको योग्दान, अनुभव र शिक्षा सधै सम्झिने र अनुशरणगर्ने समेत बताए ।