कोरोनाबाट मृत्यु भएका दाङका 1 प्रहरीको परिवारलाई सहयोग

घनश्याम वुढाथोकी

रोल्पा, २४ मंसिर ।

कोरोना संक्रमणवाट मृत्यु भएका प्रहरी कर्मचारीको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक सहयोग गरेको छ । मंगलवार दाङको राप्ती गाउपालिका वडा नं. ५ मौरिघाटमा रहका मृतक प्रहरी नायव निरीक्षक यज्ञमणी वैदिकको घरमै पुगेर एकलाख ३० हजार आठ सय ५ रुपैया मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला तथा मातहतका सवै प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वैच्छिक रुपमा संकलन गरि जम्मा भएको उक्त रकम प्रहरी निरीक्षक सन्तोष कुमार केसीले मृतकको श्रीमती कमला वैदिकलाई हस्तान्तरण गरेका हुन् ।

मृतकको १३ औ दिनको पुन्यतिथीमा जिप्रका रोल्पाबाट प्रहरी टोली घरमै पुगेको थियो । जिप्रका रोल्पामा कार्यरत वैदिकको कोरोना संक्रमण भई उपचारको क्रममा गत मंसिर ११ गते भेरी अञ्चल अस्पताल वाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक प्रहरी नायव निरीक्षक वैदिकको श्रिमती र १ छोरा रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर