मोटरसाइकल दुर्घटना हुँदा एक वालिका घाइते

तुलसीपुर, २९ मंसिर ।

दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६, फचकलुवा स्थित नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिंदा बालिका घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

आज विहान १० बजेतिर सोही ठाउँ निवासी अन्दाजी ५ वर्षिय अस्मिता बस्नेतको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई निधारमा गहिरो चोट लागेको छ । मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर