व्यवसायी केन्द्रित स्वास्थ्य सचेतना कार्यक्रम

`शरद रेग्मी

तुलसीपुर, १ पुस ।

साना व्यवसयीहरुको सुरक्षाका लागि तुलसीपुर उद्योग वाणिज्यमा नयाँ परियोजना सञ्चालन भएको छ । कोरोना नियन्त्रण, न्यूनिकरण र सचेतना सम्बन्धि केही महिना देखि कार्यक्रम गर्दै आएको उद्योग वाणिज्य संघले जिआइजेटको सहयोगमा कार्यक्रम गर्न लागेको हो । कोरोना महामारी नियन्त्रण र सचेतना सम्बन्धि कार्यक्रम सुरु गरिएको परियोजनाका टिम लिडर विनिल केसीले जानकारी दिए ।

अति बिपन्न परिवारकासंगै साना व्यवसायीहरुको स्वास्थ्य सुरक्षाकालागि सुरु भएको परियोजनाको बुधबार एक कार्यक्रमका बिच पुर्ब अध्यक्ष बिमल रिजालले शुभारम्भ गरेका छन । यससगै बाणिज्य सघंले युएसएआईडि ९तयार नेपाल०सगंको सहकार्यमा उपमहानगरपालिकाका १९ वटै वडाहरुमा १७८ जना घर धुरीहरुलाई जनहि ३२ हजारका दरले सिप र उत्पादन मुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षमा भएको कार्यक्रममा टिम लिडर विनिल केसीले परियोजनाको वारेमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर