टिकटक बनाउने क्रममा घाइते भएका तुलसीपुरका युवकको मृत्यु
![](https://www.dangtvonline.com/wp-content/uploads/2020/12/PicsArt_12-20-08.12.12-min-1200x675-1.jpg)
मंसीर ६ दाङ ।
दाङको पुरन्धारा छहरामा पिकनिक गएको समयमा झुलुंगे पुलबाट खसेर गम्भिर घाइते भएका रमेश थापाकोे उपचारका क्रममा आज मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान 5 बजे मृत्यु भएको हो ।
शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा ती युवक खसेका थिए ।