जंगलमा लुकाएको अबस्थामा भेटिए २७ गाईगोरु

सुशील बस्नेत

दाङ,९ पुस ।

तुलसीपुरको बन क्षेत्रमा तस्करहरुले जम्मा गरि राखेका २७ वटा गाईगोरुलाई उद्दार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ को मयालु सामुदायिक बनको घन जंगलमा बाँधि राखेको अबस्थामा गाईगोरु फेला पारिएको हो । गाईगोरुको तस्करी गर्ने समूहले राखेको हुन सक्ने वडा नम्वर ८ काअध्यक्ष बेदबहादुर केसी(बेदु)ले जानकारी दिए । ‘बाँधिएको अबस्था छन्,घाँस,दाना पानीदिएको छैन’ केसीले भने । स्थानीयहरुले जंगलभित्र गाई बाँधिएको अबस्था फेलापारिएको जानकारी दिए लगतै त्यहाँपुगेको केसीले बताए ।

एउटा मोटरसाईकलमा ५ जना मानिस चढेर भागेकापनि देखेको अध्यक्ष केसीले बताए । फेला परेका २७ वटा गाईलाई बिहीबार तुलसी बहुउदेश्यीय गौशाला गोलौरामा हस्तान्तरण गरिएको उनले बताए । यसअघि पनि पश्चिम दाङमा गोरु तस्करी भईरहेको जानकारी पाए लगतै ४ वटै नाकामा निगरिनी बढाईएको थियो । केही समयदेखि दाङ र देउखुरी उपत्यकामागाई गोरु तस्करीका घटनाहरु बढदै गएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर