ट्रककाे ठक्करबाट 2 जनाको घटनास्थलमै मृत्यु

दाङ, १२ पुष ।
गुल्मीमा ट्रकले ठक्कर दिँदा २ जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका बताएकाे छ ।
बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा गएराति साढे २ बजेतिर ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु हाे । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।