आज हिमपात र वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले देभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
महाशाखाले आज बिहान देशभर नै सामान्य बदली भइरहेको जनाएको छ ।
यसैगरी आज दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू भागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।