देशभर थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि

पुस २३, दाङ ।
पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमणमुक्त भएका छन् । हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् भने १९ सय ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मत्यु भएको छ ।