तुलसीपुरमा ‘बजाज डोमिनार २५० सीसी’ बजारमा

तुलसीपुर, २६ पुस ।

तुलसीपुरमा ‘बजाज डोमिनार २५० सीसी’ मोटरसाईकल बजारमा आएको छ । आईतबार एक कार्यक्रमकाबीच लञ्च गरिएको हो । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता क्रस बोर्डर प्रालिले उक्त मोटरसाईकल बजारमा आएको हो ।

उक्त मोटरसाईकलको मूल्य ४ लाख ८९ हजार नौं सय तोकिएको छ । नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ । साथै यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबीएसमा पनि उपलब्ध छ ।

बजाजको मोटरसाइकिल खरिद गर्दा नगद कारोबार गरे दस हजार छुट दिने सञ्चालक प्रदिप केसीले बताए । केसीका अनुसार बाइक एक्सचेनजमा १५ हजार, एक्स्ट्रा भ्यालुएसन फाइनान्समा जिरो प्रतिशत व्याजदरमा छुट पाइने बताए । उक्त अफर यही पुस २६ देखि माघ २ गतेसम्म बजाजका सम्पूर्ण बाइकहरुमा लागू हुने सञ्चालक केसीले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर