१० ग्राम व्राउन सुगरसहित एक ब्यक्ति पक्राउ

तुलसीपुर, २८ पुस ।
दाङमा ब्राउनसुगर सहित एक ब्यक्तिलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आईतबार अपरान्ह ४ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ कपासी झिगौरामा कोठा भाडा लिई बस्ने २३ बर्षीय प्रकाश गिरीको कोठामा निज गिरीले सोही वडाको बुद्धि ग्यारेज स्थित शुभकामना टोलमा बस्ने सन्तोष वलीलाई विक्रि वितरण गरिरहेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।
कारोवार गरिरहेको अवस्थामा प्रतिबादी सन्तोष वलीको साथ बाट ३ ग्राम लागु औषध व्राउन सुगर ,उक्त लागु औषध तौल गर्न प्रयोग हुने डिजिटल मेसिन थान १ र लागु औषधको ओसार–पोसारमा प्रयोग भएको सन्तोस वलीको रा ६ प १५२७ नम्बरको २०० सीसीको एनएस पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ ।
साथै सन्तोष वलीको घर तथा कोठा समेतमा गई खानतलासी गर्ने क्रममा निजको कोठा भित्र रहेको टेवल माथी लुकाई छिपाई राखेको अवस्थामा थप ७ ग्राम लागु औषध व्राउन सुगर र उक्त कोठाको विस्तरा मुनि नगद एकहजारको दरका २४ स्थान रुपैँया समेत बरामद गरिएको छ ।