मलवाललाई मनमोहन स्मृति रनिङ शिल्डको उपाधी

लक्ष्मण बस्नेत

तुलसीपुर, २८ पुस ।

दाङ तुलसीपुर १५ कोठरी भएको मनमोहन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७७ को उपाधी मलवारले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ को आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा कुरहरियालाई शून्यका बिरुद्ध ४ पाखा लगाउदै साविक बिजेता मलवारले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाईनलमा पराजित कुरहरिया उपबिजेतामा सिमित रहदै २० हजारमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै मलवार ‘बि’ टिम तृतिय भयो । उसले नगद ५ हजार जित्यो । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उद्देश्यकासाथ आयोजना गरिएको प्रतियोगितामा ९ टोलका टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता अबधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री आदेश केसी, प्रकाश बिक र सन्तोष रेउले रहेका थिए । प्रतियोगिताको समारोह तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलको बिशिष्ट आतिथ्यमा भएको प्रतियोगिताका संयोजक वडा न १५ का वडा सदस्य बिमल चौधरीले जानकारी दिए । कार्यक्रमकको संहजीकरण वडा सचिब अमृत दहालले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर