देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि
माघ ३ दाङ ।
देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८५ जनाको पीसीआर परीक्षण गर्दा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज मात्र ३९० जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । भने शनिवार थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ जना रहेका छन् ।