नेकपा लुम्बिनी प्रदेशको सह–इञ्चार्जमा विश्वासी

तुलसीपुर, ४ माघ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको लुम्बिनी प्रदेशको सहईञ्चार्जमा भागवत विस्वासीलाई चयन गरिएको छ । नेकपाको स्थायी कमिटि वैठकले केन्द्रीय सदस्य विस्वासीलाई प्रदेशको सह–इञ्चार्ज बनाएको हो ।

विश्वासी माधव नेपाल निकट मानिन्छन् । यस्तै प्रदेशको इञ्चार्जको जिम्मा यस अघि नै युवराज ज्ञवालीलाई प्रदान गरिएको थियो । शंकर पोखरेललाई कारवाही गरेर ज्ञवालीलाई प्रदेशको ईञ्चार्ज बनाईएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर