देशभर थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

माघ ६, दाङ।

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये २ लाख ६२ हजार २५९ जना संक्रमणमुक्त भएका छन् भने १९६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ८६१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८४४ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर