नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

पुस ७, दाङ ।
पछिल्लो २४ घण्टामा थप ३ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३८३ जना निको भएर घर फर्केका छन् । यो संगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९७५ पुगेको छ ।