आज काठमाडौंमा कोरोनाविरुद्धको खोप आइपुग्दै
माघ ८ दाङ ।
भारतले नेपाललाई कोरोना विरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको छ । आज काठमाडौं आइपुग्दै छ ।
भारतले बुधबार नेपाललाई १० लाख डोज बराबरकाे कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड÷एस्ट्रोजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाइई खोप हस्तान्तरण गर्नेछन् ।