दाङमा सामुदायिक विद्यालयमा भर्ना सुरु

दाङ, वैशाख ११- विद्यार्थी भर्ना अभियालाई बेवास्ता गर्दै देशभरका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा होमिरहेका बेला दाङका सामुदायिक विद्यालयमा भने विद्यार्थी भर्ना अभियान सुरु भएको छ । दाङको घोराही उपमहानगरपालिकाका र तुलसीपुर उपमहानगरपालिका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना सुरु गरेका हुन् ।

घोराही उपमहानगरपालिकाले वैशाख ८ गते देखि घोराहीका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चानल गर्न निर्देशन दिएपछि घोराहीका सामुदायिक विद्यालयमा भर्ना अभियानलाई तिब्रता बनाइएको हो ।

उपमहानगरपालिकाले निजी स्रोतका कर्मचारी र शिक्षकहरूलाई परिचालन गरेर विद्यार्थी भर्ना अभियानलाई तिब्रता बनाएको घोराही उमहानगरको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार माध्यमिक विद्यालय रझेना, पद्मोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालय लगायत सामुदायिक विद्यालयमा भर्ना अभियान चलिरहेको छ ।

यसैबिच सामुदायिक विद्यालय सञ्चालनमा आए आएन, र भर्ना अभियान चलेको छ, छैन भनरे घोराही उपमहानगरपालिकाले बुधबार अनुगमन गरेको छ । उपमहानगरपालिकाकी उपमेयर हुमा डिसी, सामाजिक महाशाखा संयोजक एवं उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डे, शिक्षा महाशाखा प्रमुख नारायण पौडेललगायतको टोलीले सामुदायिक विद्यालयमा पुगेर अनुगमन गरेरको शिक्षा महाशाखाका पौडेलेले बताउनुभयो । यसैबिच अनुगमनका क्रममा घोराहीका सामुदायिक विद्यालयहरूमा भर्ना अभियान सन्तोषजनक रूपमा सञ्चालन भइरहेको उपमहानगरपालिकाका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

ूअनुगमनमा हेर्दा विद्यालयमा विद्यार्थी भर्ना अभियान उत्साहजनक रूपमा सञ्चालित भएको पाइएको छू, पाण्डेले भन्नुभयो, ूसम्पूर्ण अभिभावक र विद्यार्थी भाइबहिनीलाई समयमै विद्यालय गएर भर्ना समेत मैले हार्दिक अनुरोध गर्दछु ।ू उहाँले उपमहानगरपालिकाले वैशाख १४ गतेसम्म विद्यार्थी भर्ना अभियानलाई सम्पन्न गरेर कक्षा सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

विद्यालयमा उपलब्ध भएका शिक्षक र कर्मचारीलाई भर्ना अभियानलाई निरन्तरता दिइरहेको र यसलाई अझ प्रभावकरी बनाउन शिक्षक र अभिभावकहरू समेत संवेदनशिल हुनुपर्ने उहाँले बताउनुभयो। विद्यार्थीको भविष्य प्रति सबैले जिम्मेवार भएर लाग्नुपर्ने उहाँले सम्बन्धित निकायलाई आग्रह समेत गर्नुभएको छ । उपमहानगरपालिकाले घोराहीका रझेना मावि, पद्मोदय मावि, सिद्ध रत्ननाथ मावि नारायणपुर, जनता मावि बुका र गङ्गा मावि रामपुरको अनुगमन गरेको थियो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका स्थित मावि सेन्टरमा भनि विद्यार्थी भर्ना अभियान सुरु भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालय प्रशासनको सहजीकरणमा विद्यार्थी बुधबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले जानकारी दिनुभयो । सस्थागत विद्यालयमा भने वैशाख ८ गतेदेखि पठनपाठन सुरु भएको प्याब्सन दाङले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर