दाङको बलामपुरमा ९० घरमा धारा


दाङ, जेठ २९- दाङको घोराही उपमहानगरपालिकाले वडा नम्बर २ को बलामपुर गाउँमा खानेपानीको धारा घरघरमा पुर्‍याएको छ ।

लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको सशर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनाका लगानी गरेको थियो । उक्त आयोजना सम्पन्न भएपछि नगरप्रमुख नरुलाल चौधरीले बुधबार उद्घाटन गर्नुभयो ।

डिप बोरिङमार्फत पानी निकालेर ट्याङ्कीमा जम्मा गरी ९० घरमा खानेपानी पुर्‍याइएको हो । बलामपुरका सबै घरमा धारा बनाइएको छ । प्रदेश सरकारले सशर्तमार्फत उपलब्ध गराएको ३० लाखमध्य २७ लाख ४८ हजार रुपियाँ खर्चको शहरी विकास पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले जानकारी दिनुभयो ।

बलामपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख नरुलाल चौधरीले बलामपुर रहँदै आएको पानीको हाहाकार हटेको भन्दै खुशी व्यक्त गर्नुभयो । सरकारले घर घरमा धारा पुर्‍याएपछि अब त्यसको संरक्षण जनताको जिम्मामा रहने बताउनुभयो । पानी नै स्वस्थ जीवनको आधार भएको चर्चा गर्दै उहाँले जनताको अधिकार स्थापित गर्न तीनै तहका सरकार जिम्मेवार र जवाफदेही रहेको बताउनुभयो ।

समितिका अध्यक्ष लालबहादुर चौधरीले यस अघि कुवा र जरुवाबाट पानी खादै आएको अब घरघरमा धारा सरकारले ल्याएपछि निकै खुशी प्रकट गर्नुभयो । कार्यक्रमको सहजीकरण सब इन्जिनियर भरत केसीले गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर