लुम्बिनी कपको उपाधि भिडन्तमा एपीएफ र नेपाल पुलिस

कोहलपुर वैशाख १२-, नेपालगन्जमा जारी पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब शुक्रबार आमनेसामने हुने भएका छन्। रंगशालामा हुने यस रोमाञ्चक फाइनल खेललाई लिएर दुवै टोली उत्साहित छन्, आत्मविश्वासले भरिएका छन्।

फाइनलको अघिल्लो दिन बिहीबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरूले उपाधिको प्रबल दाबेदार आफूहरू नै भएको दाबी गरे। पुलिसका प्रशिक्षक सुमन सुवेदीले एपीएफ बलियो टिम भएको स्वीकार गर्दै पनि आफ्नो टोली जितका लागि तयार रहेको बताए। ूएपीएफमा राष्ट्रिय टोलीका धेरै खेलाडी छन्, तर हामी पनि जित्ने रणनीति बनाएका छौं,ू सुवेदीले भने।

पुलिसकी कप्तान निरु थापाले टिमको प्रदर्शनले आफुहरूलाई उत्साहित बनाएको बताइन्। ूएपीएफ बलियो हो, तर हामीले पनि मैदानमा उपाधिका लागि जुझ्नेछौं,ू उनले भनिन्। गर्मी र मैदानको अवस्थाबीच पनि खेलाडीहरूले उत्कृष्ट खेल देखाएको उल्लेख गर्दै उनले जितप्रति आशावादी रहेको बताइन्।

२०७९ सालदेखि अहिलेसम्म एपीएफ अपराजित रहेको छ। यसबीचमा टोलीले दुईपटक महिला लिग उपाधि जित्नुका साथै इलाम र चितवन गोल्डकप पनि उचालेको छ। लुम्बिनी कपमा एपीएफले कर्णाली प्रदेशलाई ६–० र सेमिफाइनलमा रौतहटलाई ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

एपीएफकी प्रशिक्षक भगवती थापाले रौतहटसँगको खेल कठिन भए पनि टिम फाइनलका लागि तयार रहेको बताइन्। ूहामी कमजोरी सुधारेर मैदानमा उत्रनेछौं,ू उनले भनिन्।

कप्तान अनिता बस्नेत पनि उपाधि जित्ने लक्ष्यमा दृढ देखिइन्। ूगत वर्ष तीन उपाधि जितिसकेका छौं। अब लुम्बिनी कपलाई २०८२ को पहिलो उपाधिका रूपमा घर ल्याउने छौं,ू उनले भनिन्।

यो सिजनको यो दोस्रो उपाधि भिडन्त हो जहाँ एपीएफ र पुलिस आमनेसामने हुँदैछन्। यसअघि राष्ट्रिय महिला लिगको फाइनलमा पनि एपीएफले पुलिसलाई पराजित गरेको थियो।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालद्वारा आयोजित प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरिनेछ l

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर