प्रधानमन्त्री कप भलिबल स् महिलातर्फ एभरेस्ट र पुलिस विजयी

काठमाण्डौ जेठ १२, – नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आज भएका खेलमा महिलातर्फ एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
पोखरा रङ्गशालाको कभर्ड हलमा आज भएको पहिलो खेलमा एभरेस्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो जीत हासिल गरेको हो । यस्तै पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउँदै लगातार चौथो जीत हासिल गरेको हो । योसँगै पुलिसले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
यस्तै प्रतियोगिताको पुरुषतर्फ ४ वटा खेल हुँदैछन् । नेपाल भलिबल सङ्घको आयोजनामा आउँदो १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।