पूर्वमन्त्री शास्त्रीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाण्डौ असार ४ – नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आज, भोलि र पर्सि ३ दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा कांग्रेसको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै भोलि पार्टीका सबै तहका कार्यालय बन्द गर्ने, शास्त्रीको निधनको १३ दिनसम्म कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

शास्त्रीको अस्ति सोमवार काठमाण्डौ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर