कर्णाली बैंकका प्रमख नेपालगञ्जबाट पक्राउ

कोहलपुर असार ४ – कर्णाली डेभलपमेन्ट बैंककम तत्कालिन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी नेपालगञ्जवाट पक्राउ परेका छन । उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईविले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपालगञ्ज पक्राउ परेका ठकुरीलाई बाँके जिल्लामा नै राखिएको छ ।यस अघि सोहि प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरिएको थियो । लखनउमा डेरा गरि बस्दै आएका रायलाई सिआईविले नै पक्राउ गरि नेपाल ल्याएको थियो । योसंगै कर्णाली डेभलपमेन्ट बैंकमा भएको २ अर्ब ५० करोड घोटाला प्रकरणमा २ जना पक्राउ परेका छन । सिआईबिले अनुसन्धान गरिरहेको यसप्रकरणमा संलग्नहरुलाई निगरानिमा राखिएको समेत वताईएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर