कोहलपुरमा ‘एलजी कलेक्शन 2’ को भव्य सुरुवात, नायिका पूजा शर्माद्वारा उद्घाटन

कोहलपुर, असार ७- बाँकेको कोहलपुर नगरपालिका–११, उज्यालो बजारमा आधुनिक डिजाइनका फेसन पहिरन उपलब्ध गराउने ‘एलजी कलेक्शन 2’ नामक फेसन स्टोरको भव्य उद्घाटन गरिएको छ । चर्चित नायिका पूजा शर्माले विशेष समारोहबीच उक्त स्टोरको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा नायिका शर्माले स्थानीयस्तरमा यस्ता व्यवसायको विकासले देशमै केही गर्न सकिन्छ भन्ने सोच पलाउने विश्वास व्यक्त गरिन् । देशको माटोमै उभिएर आत्मनिर्भर बन्न सक्ने उदाहरण हुन् जेनिशा शर्माले भनिन् यस्तो सोच बोकेका युवालाई सम्मान गर्नुपर्छ ।

करिब ३५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको यो स्टोरकी सञ्चालिका जेनिशा गिरीले देशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेकी छिन् । पछिल्लो समय धेरै युवायुवती रोजगार र अवसरको खोजीमा विदेशिने क्रम बढ्दो छ । यो बेला स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बन्ने उनको यो प्रयास अनुकरणीय रहेको छ ।

देशमै केही गर्छु भन्ने सोचले यो स्टोर सुरु गरेकी हुँ । यहीँ पनि सम्भावना छ, बस इच्छाशक्ति र मिहिनेत चाहिन्छ,” संचालिका गिरीले भनिन्, “विदेश जानु विकल्प हो तर पहिलो रोजाइ आफ्नै देश हुनुपर्छ भन्ने सन्देश दिन्छु ।

एलजी कलेक्शन 2 मा विशेषगरी महिला लक्षित आधुनिक, आकर्षक र ट्रेन्डिङ डिजाइनका कुर्ता–सुरवाल, सेट, अफिस र पार्टी वेयरहरू उपलब्ध रहेका छन् । स्थानीय ग्राहकलाई ध्यानमा राखेर गुणस्तरीय सामग्री सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य स्टोरले लिएको छ ।

स्थानिय व्यवसायी, सञ्चारकर्मी, समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर