प्रतिनिधि सभामा आज पनि अबरोध र बहिस्कारकै बीच शीर्षकमाथिको छलफल

काठमाण्डौ असार ७– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को बहिस्कारकाबीच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहगत छलफल शुरु भएको छ ।

सभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले बोल्नका लागि समय दिएपछि रास्वपा सांसद सुमना श्रेष्ठले ‘भिजिट भिसा’ प्रकरणको निष्पक्ष छानबिन नभएसम्म आफूहरुको विरोध जारी रहने बताउनुभयो ।

यस्तै राप्रपा सांसद रोशन कार्कीले भिजिट भिसामा ठगिएका नेपाली नागरिकको आवाज उठाउँदा सरकारले नसुनेको भनी सहमति जनाउनभुयो । सभामुख घिमिरेले आसनग्रहणका लागि पटक–पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलहरुको विरोध कायम रहेपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको छ । सदन कार्यसूचीमा प्रवेश गरेपछि राप्रपा सांसदहरुले बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शीर्षकमाथि समूहकृत छलफल हुनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर